काठमाडौं, २७ मंसिर । नेपाली काँग्रेस १४ औं महाधिवेशन अन्र्तगत नेतृत्व चयनकालागि काठमाडौंको भृकुटीमण्डपमा जारी मतदान राति ९ बजेसम्म चल्ने भएको छ ।
केन्द्रीय निर्वाचन समितिले विभिन्न प्राविधिक कारण ढिला सुरुभएको मतदान ९ बजेसम्म जारी रहने समिति सचिव जगन्नाथ श्रेष्ठले बताए । यसअघि बिहान ८ देखि साँझ ५ बजेसम्म मतदानको कार्यतालिका तय गरेको थियो । तर, निर्धारित सम्ममा मतदान प्रक्रिया सुरु नभएपछि समय थप गरिएको हो ।
