पहिलो चरणमा नतिजा नआए देउवालाई कठिन

पहिलो चरणमा नतिजा नआए देउवालाई कठिन


  • 7.5K
    SHARES
    • मंसिर २७, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 11.6K Views

    पहिलो चरणमा नतिजा नआए देउवालाई कठिन



    काठमाडौं, २७ मंसिर । काठमाडौंको भृकुटीमण्डपमा नेपाली कांग्रेसको भावी नेतृत्वका लागि मतदान भइरहँदा मतदाताका मनमा भोलि पनि मतदान गर्नुपर्छ भन्ने अवधारणले डेरा जमाएको पाइन्छ । नेपाली कांग्रेसको विधान अनुसार सभापति पदका लागि खसेको कुल मतको ५० प्रतिशतभन्दा बढी मत सभापतिको उम्मेदवारले प्राप्त गर्नुपर्छ । त्यसो हुन नसके बढी मत पाउने दुई जनाबीच पुनः मतदान गर्नुपर्छ ।
    १४औं महाधिवेशनले कांग्रेसभित्र रहेको गुट–उपगुटको समीकरणमा परिवर्तन ल्याएको छ ।

    images

    १३औं महाधिवेशनमा शेरबहादुर देउवा विजयी हँुदा त्यस गुटमा रहेका विमेन्द्र निधि, विश्वप्रकाश शर्मालगायतका नेता १४औं महाधिवेशनमा उनीसँग रहेनन् । यता, कृष्णप्रसाद सिटौलाले १३औं महाधिवेशनमा आफैं ‘तेस्रो शक्ति’ भनेर युवा नेता गगन थापालाई समेटेर सभापति पदमा उत्रिएका थिए । १४औं महाधिवेशनमा नेता सिटौला प्रदिप पौडेल र उमाकान्त चौधरीलाई लिएर देउवा टिममा ‘विलय’ भएका छन् । 


    नेता सिटौलाका विश्वासिला पात्रको रूपमा रहेका युवा नेता गगन थापा अहिले संस्थापन इतर पक्षका डा. शेखर कोइरालाको टिमबाट महामन्त्रीको पदमा उत्रिएका छन् । अहिले सभापति पदका लागि ५ जनाले उम्मेदवारी दिएका छन् । पहिलो चरणमा सभापति पदका कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत पाउने अवस्था देखिंदैन । 
    राजनीतिज्ञहरूको विश्लेषण अनुसार दोस्रो चरणको लडाइँ देउवा र डा. कोइरालाबीच हुने प्रबल सम्भावना छ । यद्यपि, प्रकाशमान सिंहका निकट नेताहरू भने सिंह बढी मत पाउने दुई जनामा पर्ने दाबी गर्छन् ।  यसरी हेर्दा दोस्रो चरणमा दुई जनाबीच प्रतिस्पर्धा हुने निश्चितप्रायः छ । अब दोस्रो चरणमा संस्थापन पक्ष र संस्थापन इतर पक्षबीच नै प्रतिस्पर्धा हुने निश्चित जस्तै देखिन्छ ।   दोस्रो चरणमा संस्थापन पक्ष एक्लै पर्ने देखिन्छ ।

    विमेन्द्र निधिले पहिलो चरणको परिणाम सार्वजनिक हुनुभन्दा अघि नै सभापतिका अर्का उम्मेदवार डा. कोइरालालाई सहयोग गर्ने घोषण गरिसकेका छन् । सभापतिका अर्का उम्मेदवार संस्थापन इतर पक्षबाट अलग भएका नेता प्रकाशमान सिंहले के गर्छन् भन्ने कुरा चाहिँ अहिलेसम्म बाहिरिएको छैन् । तर, सिहंलाई अहिले सहयोग गरिरहेका नेता तथा महाधिवेशन प्रतिनिधिहरूले दोस्रो चरणको मतदान भएको खण्डमा डां कोइरालालाई सहयोग गर्ने बताएका छन् ।

    कांग्रेसमा नेतृत्व परिवर्तनको नारा लागिरहेको छ । रूपान्तरणको कुरो उठिरहेको छ । युवापुस्तामा नेतृत्व हस्तान्तरण हुनुपर्छ भन्ने आवाज बलवति छ । यस्तोमा १४औं महाधिवेशनमा प्राप्त यो अवसर नगुमाउने पक्षमा कांग्रेसका युवा नेता पाइन्छन् । 
    संस्थापन इतर पक्षले यो महाधिवेशनलाई सभापति पद हात पार्ने महत्वपूर्ण अवसरका रूपमा लिइरहेका छन् ।

    ‘यो अवस्थामा संस्थापन इतर पक्षका नेताहरू एकजुट हुने’ एक नेताको भनाइ छ । उनले ‘डा. कोइराला वा सिंह, जो आए पनि हामी एकजुट भएर लाग्ने’ बताए ।  संस्थापन इतर पक्षमात्र नभएर देउवा पक्षका केही असन्तुष्ट नेता नखुले पनि उनीहरूले पहिलो चरणमै डा. कोइरालालाई सहगोग गरेको दाबी इतर पक्षका नेताको छ । सभापति देउवाले आफ्नै टिमका नेताहरूलाई रिझाउन नसक्नु, युवा नेता विश्वप्रकाश शर्माले संस्थापन इतर पक्षका नेता प्रकाशमान सिंहलाई सहयोग गर्नु जस्ता घटनक्रमले पनि संस्थापन पक्षले आफ्नो पक्षमा परिणाम ल्याउन सकस देखिन्छ ।  


    केही दिन अगाडि सम्पन्न राप्रपाको अधिवेशनले पनि युवा नेतृत्व पाएको अवस्थामा पनि कांग्रेस पनि नेतृत्व परिवर्तनकै धारमा रहेको युवा नेताहरू बताउँछन् । यस अर्थमा पनि १४औं महाधिवेशनमा संस्थापन पक्षलाई आफ्नो पक्षमा परिणाम ल्याउन सम्भव देखिंदैन ।


    तेस्रो आँखा