भिडियो रिपोर्ट
खुल्यो दसैंको टिकट बुकिङ, घटस्थापनादेखि पूर्णिमासम्म देशैभरि रुट परमिट लागु नहुने !

खुल्यो दसैंको टिकट बुकिङ, घटस्थापनादेखि पूर्णिमासम्म देशैभरि रुट परमिट लागु नहुने !


  • 6.8K
    SHARES
    • आश्विन २, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 10.4K Views

    खुल्यो दसैंको टिकट बुकिङ, घटस्थापनादेखि पूर्णिमासम्म देशैभरि रुट परमिट लागु नहुने !

    काठमाडौं । यस वर्षको दसैंका लागि हिजो (शनिबार) देखि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलेको छ । यातायात व्यवस्था विभागका अनुसार यसपटकको दसैंका लागि २०७९ असार २७ गते तोकिएको भाडादर अनुसार यात्रुले टिकट काट्न पाउनेछन् । बढी भाडा लिए ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग र नागरिक सहायता कक्षमा सम्पर्क गर्न सकिने विभागले जनाएको छ ।

    images

    विभागका महानिर्देशक डा. टोकराज पाण्डेका अनुसार दसैंमा काठमाडौं छाड्ने यात्रुले अग्रिम टिकट बुकिङको सुविधा लिन सक्नेछन् । यातायात व्यवसायीहरूले अग्रिम टिकट बुकिङ गर्दा यथाशक्य अनलाइन बुकिङ गर्ने व्यवस्था मिलाउने सहमति गरेका थिए । अनलाइन टिकट बुकिङ गर्ने यात्रुलाई यातायात व्यवसायीहरुले यथाशक्य छुट वा सहुलियतसमेत प्रदान गर्ने/गराउने सहमति भएको छ ।

    पाण्डेका अनुसार अनधिकृत काउन्टर र परिचयपत्र नभएका व्यक्तिबाट टिकट बिक्री गर्ने कार्यलाई पूर्ण निरुत्साहित गर्ने/गराउने योजना पनि छ । मुख्य सडकलाई मर्मत/सम्भार गरी यातायात सञ्चालनलाई सहज बनाउन सडक विभागलाई अनुरोध गरिएको छ । यात्रुवाहक साधनलाई घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर लागु हुने गरी रुट परमिट खुला गर्ने निर्णयसमेत गरिएको छ ।