काठमाडौं । नेकपा माओवादी केन्द्रको आइतबारको बैठकमा समानुपातिकतर्फको उम्मेद्वारको बन्द सूचीबारे छलफल भए पनि निष्कर्ष निस्कन सकेन ।
भोलि (सोमबार) बिहान बस्ने बैठकमा समानुपातिकतर्फको सूची निश्चित गर्ने आज (आइतबार) बसेको पदाधिकारी बैठकले निर्णय गरेको छ । संघीय तथा प्रदेशसभाका लागि प्रदेश र जिल्लाबाट सिफारिस भएका नाममाथि छलफल गरी निष्कर्ष निकाल्न थप छलफल गर्नुपर्ने भएकाले समय लागेको हो ।
निर्वाचन आयोगले आइतबार र सोमबारसम्म समानुपातिकतर्फको सूची बुझाउने कार्यतालिका तय गरेको छ । माओवादी केन्द्रका नेता गणेश साहका अनुसार सोमबार बिहान बस्ने पदाधिकारी बैठकले आवश्यक निर्णय गर्नेछ । जिल्ला र प्रदेशबाट आएका नाममाथि मसिनो गरी छलफल गरेर आवश्यक निर्णय गरिने माओवादीले जनाएको छ ।
