• ट्रेण्डिङ्ग :
भ्रष्टाचार
अख्तियारले गर्‍यो उपसचिव नेपालविरुद्ध मुद्दा दायर

अख्तियारले गर्‍यो उपसचिव नेपालविरुद्ध मुद्दा दायर


छ लाख बिगो र सोहीअनुसार कैद सजायको माग

  • 6.4K
    SHARES
    • आश्विन २, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 9.8K Views

    अख्तियारले गर्‍यो उपसचिव नेपालविरुद्ध मुद्दा दायर

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले उपसचिव नेपाललाई केही दिन पहिले प्याराग्लाइडिङ सञ्चालनका लागि अनुमति दिने क्रममा बीबी एयरवेजका प्रमुख कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठसँग रु छ लाख घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको थियो । 

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    images

    आयोगले उपसचिव नेपाललाई केही दिन पहिले प्याराग्लाइडिङ सञ्चालनका लागि अनुमति दिने क्रममा बीबी एयरवेजका प्रमुख कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठसँग ६ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको थियो । 

    आयोगले आरोपी नेपाल विरुद्ध ६ लाख रुपैयाँ बिगो र सोहीअनुसार कैद सजायको माग गरेको छ । आयोगले सापटीवापत लिएको भनिएको १६ लाख ५० हजार रुपैयाँ जफत गर्न माग गरेको छ । आयोगले उपसचिव नेपालको सवारी साधनबाट उक्त रकम बरामद गरेको थियो ।

    बीबी एयरवेजका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठमाथि पनि घुस दिएर सरकारी कर्मचारी प्रभावित पार्न खोजेको आरोप लगाउँदै आयोगले भ्रष्टाचार निवारण ऐनबमोजिमको कारबाहीको माग गरेको छ । 

  • सम्बन्धित विषय:

  • # भ्रष्टाचार

  • तेस्रो आँखा
    लेखकबाट थप