काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज जारी मतदान तेस्रो पटक रोकिएको छ । मतपत्र सकिएका कारण राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा भइरहेको मतदान रोकिएको हो ।
मतदानका लागि लाममा बसेका मतदाताले नाराबाजी गरिरहेका छन् । १७ सय मतपत्र छापिएर आएको निर्वाचन अधिकृतले हस्ताक्षर गरेर बाडने काम बाकि रहेको छ । बेलुका पाँच बजेसम्म तय गरिएको मतदान चार घण्टा थप गरिएको छ ।
