• ट्रेण्डिङ्ग :
समानुपातिकतर्फको बन्दसूची बुझाउँदै माओवादी केन्द्र

समानुपातिकतर्फको बन्दसूची बुझाउँदै माओवादी केन्द्र


  • 4.3K
    SHARES
    • आश्विन ३, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 6.6K Views

    समानुपातिकतर्फको बन्दसूची बुझाउँदै माओवादी केन्द्र

    काठमाडौं । नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फको बन्दसूची आज (सोमबार) बुझाउँदै छ । आज (सोमबार) बिहान बस्ने बैठकमा समानुपातिकतर्फको सूची निश्चित गर्ने हिजो (आइतबार) बसेको पदाधिकारी बैठकले निर्णय गरेको थियो ।

    images

    संघीय तथा प्रदेशसभाका लागि प्रदेश र जिल्लाबाट सिफारिस भएका नाममाथि छलफल गरी निष्कर्ष निकाल्न थप छलफल गर्नुपर्ने भएकाले समय लागेको हो ।

    निर्वाचन आयोगले आइतबार र सोमबारसम्म समानुपातिकतर्फको सूची बुझाउने कार्यतालिका तय गरेको छ । माओवादी केन्द्रका नेता गणेश साहका अनुसार सोमबार बस्ने पदाधिकारी बैठकले आवश्यक निर्णय गर्नेछ । जिल्ला र प्रदेशबाट आएका नाममाथि मसिनो गरी छलफल गरेर आवश्यक निर्णय गरिने माओवादीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # प्रचण्ड

  • तेस्रो आँखा