काठमाडौं । समानुपातिक सूची तयार गर्न आज (सोमबार) विहान ९ बजे बस्ने भनिएको नेकपा माओवादी केन्द्रको बैठक स्थगित गरिएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो २ बजे बस्ने गरी स्थगित भएको हो ।
पार्टी महासचिव देव गुरुङको संयोजकत्वमा समानुपातिक सूची तयार गर्न चार सदस्यीय कार्यदल गठन गरिएको छ। कार्यदलका सदस्यहरुमा शक्तिबहादुर बस्नेत, मातृकाप्रसाद यादव र गिरिराजमणि पोखरेल छन् ।
माोवादी कार्यदलले समानुपातिक सूचीका विषयमा बैठकमार्फत पर्याप्त गृहकार्य गर्ने छ।यता प्रतिनिधिसभा र प्रदेशसभा सदस्यतर्फको समानुपातिक सूची बुझाउन भने निर्वाचन आयोगले आज अन्तिम दिन तोकेको छ ।
