काठमाडौं । माइतीघर मण्डलमा संविधान जलाउने पाँचजना पक्राउ परेका छन् । वर्तमान संविधानको विरोध गर्दै जलाउने पाँचजनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चामा आबद्ध भएको जनाइएको छ ।
मोर्चाले ‘कालो संविधान’ को संज्ञा दिँदै संविधान जलाएको हो । संविधान दिवसका अवसरमा देशका विभिन्न ठाउँमा सरकार र राजनीतिक दलले विभिन्न कार्यक्रम गरिरहेका बेला मोर्चामा आबद्धहरुले भने संविधान नै जलाइ दिएका हुन् ।
माइतीघरमा जम्मा भएर संविधान जलाउनेलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी अधिकृतले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।
