नागरिकता विधेयक
प्रधानमन्त्री देउवा किन गए शीतल निवास ?

प्रधानमन्त्री देउवा किन गए शीतल निवास ?


  • 4.7K
    SHARES
    • आश्विन ३, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 7.2K Views

    प्रधानमन्त्री देउवा किन गए शीतल निवास ?

    काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटका लागि प्रधानमन्त्री शेरबहादुर देउवा शीतलनिवास पुगेका छन्  । राष्ट्रपतिलाई भेट्न जानुअघि प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए । भेटमा नागरिकता विधेयकका विषयमा छलफल भएको स्रोतको दाबी छ ।

    images

    राष्ट्रपतिले सन्देशसहित फिर्ता पठाएको विधेयकलाई संघीय संसदका दुवै सदनले जस्ताको तस्तै पास गरेका थिए । 

    राष्ट्रपति भण्डारीले जस्ताको तस्तै विधेयक पास गरेको पठाएको भन्दै असन्तुष्टि जनाइरहेकी छन् । पास गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाएको १४ दिन भइसकेको छ । यसरी गएको विधेयकलाई राष्ट्रपतिले १५ दिनभित्रमा प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

  • सम्बन्धित विषय:

  • # कांग्रेस

  • तेस्रो आँखा