• ट्रेण्डिङ्ग :
प्रतिनिधि सभा सदस्यमा कमल सुवेदीको उम्मेद्वारी

प्रतिनिधि सभा सदस्यमा कमल सुवेदीको उम्मेद्वारी


  • 3.8K
    SHARES
    • आश्विन ३, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 5.8K Views

    प्रतिनिधि सभा सदस्यमा कमल सुवेदीको उम्मेद्वारी

    काठमाडौं । युवा अधिकारकर्मी कमल सुवेदीले प्रतिनिधि सभा सदस्यमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्  । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेवारी दिएका सुवेदी उनी राष्ट्रिय युवा गैसस महासंघ नेपालको संस्थापक केन्द्रिय अध्यक्ष एवं सामुदायिक रेडियो हापुरेका संस्थापक अध्यक्ष हुन् । उनले दाङको क्षेत्र नं ३ बाट उनले उम्मेवारी घोषणा गरेका हुन् । 

    images

    त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशात्रमा स्नातोकोत्तर गरेका सुबेदीले सेन्ट फ्रान्सिस जेभियर युर्निभरसिटी क्यानडाबाट डेभलप्मेन्ट लिडरसिप कोर्समा डिप्लोमा गरेका छन् । उनले युवा उद्यमशिलता, रोजगारी, दिगो विकास, जैविक विविधता, जलवायु परिर्वतन एवं वातावरण संरक्षण तथा विपद् व्यवस्थापन मुद्दामा  राष्ट्रिय र अन्र्तराष्ट्रिय स्तरमा नेतृत्वदायी भूमिका रहेर काम गरेका छन् ।

    राज्यका नीति निर्माण एवं नेतृत्व तहमा युवाहरुको अर्थपूर्ण एवं सार्थक सहभागिता सुनिश्चित हुनुपर्दछ भन्ने मान्यता स्थापित गर्न राजनीतिमा होमिएको सुवेदी बताउछन् ।


    तेस्रो आँखा