काठमाडौं । निर्वाचन आयोगमा सोमबार राति १० बजेसम्म २७ दलले प्रतिनिधिसभाको समानुपातिकतर्फ बन्दसूची बुझाएका छन् ।
आयोगका अनुसार हालसम्म नेपाल समावेशी पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, राष्ट्रिय वाममोर्चा, बहुजन एकता पार्टी, राष्ट्रिय नागरिक पार्टी, मंगोल नेसनल अर्गनाइजेसन, मितेरी पार्टी नेपाल, जनमत पार्टी, नेपालका लागि नेपाली पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, एकीकृत शक्ति नेपाल, नेपाल कम्युनिस्ट पार्टी, नेपाल मजदुर किसान पार्टी,ले समानुपातिकतर्फको सूची बुझाएका हुन् ।
यस्तै नेपाल मार्क्सवादी (पुष्पलाल), नेकपा माले, नेकपा एमाले, राष्ट्रिय जनमुक्ति पार्टी, मौलिक जरोकिलो पार्टी, आमूल परिवर्तन मसिहा पार्टी, नेकपा परिवर्तन, नागरिक उन्मुक्ति पार्टी, कांग्रेस (बीपी), विवेकशील साझा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेश्नलिस्ट पिपुल्स पार्टीले पनि समानुपातिकको बन्दसूची बुझाएका हुन् ।
प्रमुख पार्टी कांग्रेस, माओवादी केन्द्रलगायतको बन्दसूची दर्ता हुने क्रममै छ ।
