काँग्रेस १४ औँ महाधिवेशन : मतदान गर्ने समय राती ११.३० बजेसम्म

काँग्रेस १४ औँ महाधिवेशन : मतदान गर्ने समय राती ११.३० बजेसम्म


  • 7.3K
    SHARES
    • मंसिर २७, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 11.2K Views

    काँग्रेस १४ औँ महाधिवेशन : मतदान गर्ने समय राती ११.३० बजेसम्म

     काठमाडौँ, २७ मङ्सिर । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत आज विहान ११ः४५ बजेदेखि सुरु भएको मतदानको समय तेस्रोपटक थप गरिएको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार आज विहान ८ बजेदेखि निर्धारित मतदान गर्ने समय मतपत्र छपाईका कारण झण्डै चार घण्टापछि मात्र सुरु भएकाले मतदानको समय तेस्रोपटक थप गरिएको हो ।

    images

    निर्वाचनमा मतदाताको संख्या र हालसम्म खसेको मतको संख्यालाई मध्यनजर गरी आज राती १०.३० बजेसम्म थप गरिएकोमा उक्त समयलाई बढाएर ११.३० बजेसम्म मतदान गर्ने समय निर्धारण गरिएको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए  । काँग्रेस १४ औँ महाधिवेशनमा चार हजार ७४३ मतदाता रहेका छन् । अहिलेसम्म चार हजार ४०० भन्दा बढी मत खसेको निर्वाचन समितिले जनाएको छ ।


    तेस्रो आँखा