सवारी दुर्घटना
कार दुर्घटनामा दुईजनाको मृत्यु, ४ घाइते

कार दुर्घटनामा दुईजनाको मृत्यु, ४ घाइते


  • 7.2K
    SHARES
    • आश्विन ४, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 11.1K Views

    कार दुर्घटनामा दुईजनाको मृत्यु, ४ घाइते

    मृत्यु हुनेमा कार चालक सप्तरी जिल्ला लेगडा–५ बस्ने ४४ वर्षीय बलराम यादव र सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका–१० की ३० वर्षीया गीता चौधरी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ गइरहेको बा१४च ९१०८ नम्बरको कार अनियन्त्रित भई सडक किनारको बरको रुखमा ठोकिँदा सो घटना भएको प्रहरीले जनाएको छ ।

    झापा । पूर्व-पश्चिम राजमार्गस्थित झापाको शिवसताक्षी नगरपालिकाको माइधर सडकखण्डमा मंगलबार अपराह्न भएको कार दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । चारजना घाइते भएका छन् ।

    images

    मृत्यु हुनेमा कार चालक सप्तरी जिल्ला लेगडा ५ बस्ने ४४ वर्षीय बलराम यादव र सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका १० की ३० वर्षीया गीता चौधरी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ गइरहेको बा.१४च ९१०८ नम्बरको कार अनियन्त्रित भई सडक किनारको बरको रुखमा ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    दुर्घटना हुँदा कारमा सवार सबैजना घाइते भएका थिए । घाइते सबैलाई उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पताल पठाइएको थियो । जसमध्ये दुईजनाको मृत्यु भएको र बाँकी चारजनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले बताए ।

    घाइते भई अस्पतालमा उपचाररत मोरङ सुन्दर हरैचा ६ का ४० वर्षीया रीता चौधरी, सुनसरी जिल्ला इटहरी उपमहानगरपालिकाका ८ का २७ वर्षीय तेजन चौधरी, धरान उपमहानगरपालिका १५ बस्ने ३६ वर्षीय विभिषण दास र सोही ठाउँका ३३ वर्षीय राजेश चौधरी रहेको पाठकले बताए ।

  • सम्बन्धित विषय:

  • # सवारी दुर्घटना

  • तेस्रो आँखा
    लेखकबाट थप