काठमाडौं । यौनजन्य घटनामा अपराध अनुसन्धानका बखत अभियुक्तको नाम जोडेर सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भएका टिप्पणीविरुद्ध सर्वोच्च अदालतमा मंगलबार रिट दायर भएको छ ।
कानून सङ्कायकी विद्यार्थी रेजीना पौडेल समेतका तर्फबाट अधिवक्ता किशोर पौडल लगायतले उक्त रिट दायर गरेका हुन् । रिटमा व्यक्तिको गोपनीयताको हकको संरक्षण गर्दै अभियुक्तलाई अपराधीसरह लाञ्छित गर्ने गरी भएका टिप्पणी कानुनसम्मत नहुने जिकिर गरिएको छ ।
नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृहमन्त्रालयलाई विपक्षी बनाइ दायर सो रिटमा परमादेश प्रतिषेध लगायत अन्य आवश्यक उपयुक्त आदेश जारी गर्न माग गरिएको छ ।
