काठमाडौं । अनशनरत डा. गोविन्द केसीको मागबारे केसीको टोली र सरकारी टोलीबीच मंगलबार छलफल भएको छ । वार्तामा सहमति हुन सक्ने बुँदाबारे छलफल भए पनि कुनै सहमति हुन नसकेको वार्ता टोलीका सदस्यले जानकारी दिए ।
फेरि बुधबार वार्ता गर्ने गरी मंगलबारको छलफल सकिएको छ । डा. केसी ९ दिनदेखि अनशनरत छन् । सेती प्रादेशिक अस्पतालका अनुसार डा. केसीको पेटमा कडा खालको अल्सरको लक्षण देखिएको जनाएको छ । थप जटिलता हुन सक्ने बताउँदै अस्पतालले थप उपचारका लागि अन्य ठाउँमा लिन आग्रह गरेको थियो ।
डा. केसीको स्वास्थ्य खराब बन्दै गएपछि नेपाली सेनाको स्काइ ट्रक धनगढी समेत गएको थियो । तर, उनले माग पूरा नभएसम्म धनगढी नछाड्ने अडान राखेपछि स्काइ ट्रक फर्केको छ ।
