निर्वाचन अधिकृतको कार्यालय निर्धारण 

निर्वाचन अधिकृतको कार्यालय निर्धारण 


  • 4.9K
    SHARES
    • आश्विन ४, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 7.5K Views

    निर्वाचन अधिकृतको कार्यालय निर्धारण 

    काठमाडौं । निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय निर्धारण गरेको छ ।

    images

    आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला सदरमुकाम र निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित क्षेत्रको पायक पर्ने स्थानमा राख्ने गरी निर्धारण गरेको हो ।

    आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज विज्ञप्ति जारी गरी प्रचलित कार्यविधिबमोजिम सबै जिल्लाका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयका लागि पायक पर्ने स्थानको सूची तयार भएको जनाएका हुन् । आयोगले मातहतका जिल्ला निर्वाचन कार्यालयमा उक्त सूची पठाएको छ । आगामी मङ्सिर ४ गते निर्वाचन हुने तोकिएको छ ।

  • सम्बन्धित विषय:

  • # निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप