काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्ने विश्वास व्यक्त गरेका छन् ।
मंगलबार साँझ बालुवाटारमा गठबन्धनको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्ने विश्वास व्यक्त गरेका हुन् । राष्ट्रपति भण्डारीले संविधानतः नागरिकता विधेयक जारी गर्नुपर्ने उनले बताए, ‘संवैधानिक व्यवस्था अनुसार राष्ट्रपतिले प्रमाणीकरण गर्नुहुनेछ भन्ने हामीलाई विश्वास छ ।’
नागरिकता विधेयक दोस्रोपटक संसद्का दुबै सदनबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पुगेको आज १५ दिन पुगेको छ । संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिले आज राति १२ बजेसम्म विधेयकलाई निकास दिनुपर्ने हुन्छ । नागरिकता विधेयक विषयमा राष्ट्रपति छलफलमै रहेकी थिइन् ।
