• ट्रेण्डिङ्ग :
हर्क साम्पाङको कटाक्ष
‘निर्वाचन आयोगले जरिवाना गर्नु भनेको लुट्नु हो’ 

‘निर्वाचन आयोगले जरिवाना गर्नु भनेको लुट्नु हो’ 


  • 4.4K
    SHARES
    • आश्विन ४, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 6.8K Views

    ‘निर्वाचन आयोगले जरिवाना गर्नु भनेको लुट्नु हो’ 

    धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले निर्वाचन आयोगले ५ लाख ५० हजार जरिवाना गर्नु भनेको लुट्नु भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

    काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले निर्वाचन आयोगले ५ लाख ५० हजार जरिवाना गर्नु भनेको लुट्नु भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

    images

    मंगलबार सामाजिक संजाल फेसबुकमार्फत आयोगले तोकेको जरिवानाप्रति मेयर साम्पाङले असन्तुष्टि प्रकट गरेका हुन्  । उनले आफ्नो चुनावमा खर्च २ लाख पनि खर्च नभएको जानकारी समेत दिए, मेरो पूरा खर्च नै २ लाख नि थिएन जरिवाना चाहिँ त्यति धेरै ! ।’ 

    उनी थप्छन्,’ दुई दिन ढिलो गरी खर्च विवरण पेस गरेको भनेर निर्वाचन आयोगले ५ लाख ५० हजार जरिवाना गर्नु भनेको लुट्नु हो ।’ 

    निर्वाचन आयोगले खर्च विवरण ढिला गरि बुझाउने, खर्च विवरण नबुझाउने स्थानिय तह निर्वाचनका उम्मेद्वारलाई जरिवाना गरेपछि उनको यस्तो प्रतिक्रिया आएको हो । 

  • सम्बन्धित विषय:

  • # हर्क साम्पाङ

  • तेस्रो आँखा
    लेखकबाट थप