• ट्रेण्डिङ्ग :
विवादित विधेयक
भएन नागरिकता विधेयक प्रमाणीकरण 

भएन नागरिकता विधेयक प्रमाणीकरण 


  • 4.6K
    SHARES
    • आश्विन ५, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 7.1K Views

    भएन नागरिकता विधेयक प्रमाणीकरण 

    राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) ऐन २०७९ को विधेयक प्रमाणीकरण नगरिदिएपछि निस्क्रिय बनेको छ । दोस्रो पटक संसदबाट पारित भएर २० भदौमा शितलनिवास पुगेको विधेयक भण्डारीले होल्ड गरेर राखेकी थिइन् । तर, विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिले पाएको समयसीमा मंगलबार मध्यरातिबाट सकिएको हो  ।

    काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्ने कि नगर्ने ? निष्कर्षमा पुग्ने मिति मंगलबार रातिनै सकियो । संसदका दुबै सदन, प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पास भएको उक्त विधेयक राष्ट्रपति कहाँ पुगेको थियो ।

    images

    मङ्गलबार राति १२ बजेसम्म उक्त विधेयक प्रमाणिकरण नभएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । नेपालको संविधानको धारा ११३ को उपधारा (४) मा एउटै विधेयक दोस्रो पटक प्रमाणिकरणका लागि पुगेपछि राष्ट्रपतिले अनिवार्य प्रमाणीकरण गर्नुपर्ने व्यवस्था छ ।

    तर, म्याद सकिँदा पनि विधेयक प्रमाणीकरण नभएको हो । नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) ऐन २०७९ को विधेयक प्रमाणीकरण नभएर निष्क्रिय बन्यो । 

    दोस्रो पटक संसदबाट पारित भएर २० भदौमा शितल निवास पुगेको विधेयक भण्डारीले होल्ड गरेर राखेकी थिइन् । संविधानको धारा ११३ को उपधारा (४) मा राष्ट्रपतिले कुनै विधेयक सन्देशसहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुबै सदनले पुनःविचार गरी त्यस्तो विधेयक प्रस्तुतरुपमा वा संशोधनसहित पारित गरी  पुनःपेश गरेमा त्यसरी पेश भएको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने व्यवस्था छ ।

    यो व्यवस्था कार्यान्वयन नगरेर राष्ट्रपतिले संविधानको उल्लंघन गरेको टिप्पणी भइरहेका छन् । १५ साउनमा पहिलो पटक संसदको दुबै सदनबाट पारित भएर पठाएको विधेयकलाई राष्ट्रपति भण्डारीले पुनर्विचार गर्न भन्दै २९ साउनमा १५ बुँदे सन्देशसहित संसदमा फिर्ता पठाएकी थिइन् । 

    यसरी संविधानअनुसार विधेयक दोस्रो पटक पनि प्रमाणिकरण हुन सकेन भने अर्कातर्फ प्रतिनिधिसभाको चालु अधिवेशन पनि समाप्त भइसकेकाले अब सो विधेयक के हुन्छ भन्ने विषयमा आम नागरिकको चासो बढेको छ ।

  • सम्बन्धित विषय:

  • # नागरिकता विधेयक

  • तेस्रो आँखा
    लेखकबाट थप