काठमाडौं । सत्ता गठबन्धनको भागबन्डा अहिले पनि टुंगिएको छैन । सिट बाँडफाँडबारे दिनौँ बैठक बसेपनि निष्कर्षमा पुग्न सकिरहेको छ । मंगलबारको बैठक निष्कर्षविहीन भएपछि आज बुधबार पनि उक्त बैठक बस्दैछ । बिहान ८ बजे बस्ने भनिएको बैठकमा सिट बाँडफाँडमा सहमति खोज्ने गठबन्धन कार्यदलमा सामेल एक नेताले बताए ।
सञ्चारमन्त्री तथा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले मंगलबार साँझ बालुवाटारमा बसेको बैठकमा प्रत्यक्षर्तफ १६५ सिटमध्ये करिब ८० प्रतिशत सिटमा सहमति भइसकेको जानकारी दिए । बाँकी टुंगो लगाउन सकिएको छैन ।
