काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमका विषयमा मुख्य छलफल भइरहेको छ ।
एक नेताले भने, 'राष्ट्रपतिको भूमिकाको गम्भीर समीक्षा हुँदैछ । बैठक एउटा निष्कर्षमा पुग्छ ।' संविधानको धारा ११३ को उपधारा ९४० मा राष्ट्रपतिले कुनै विधेयक सन्देशसहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनःविचार गरी त्यस्तो विधेयक प्रस्तुतरूपमा वा संशोधनसहित पारित गरी पुनः पेश गरेमा त्यसरी पेश भएको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने व्यवस्था छ ।
