काठमाडौं । पूर्वन्यायाधीश बलराम केसीले राष्ट्रपतिले राजीनामा दिनुपर्ने बताएका छन् । उनले राष्ट्रपतिबाट संविधान उल्लंघन भएको उल्लेख गर्दै राजीनामा दिनुपर्ने बताएका हुन् ।
उनले संविधान दिवसको दिनमा शुभकामना दिएर भोलिपल्ट संविधानका धारा एकैपल्ट उल्लंघन गरेर ‘कालो दिन’को रुपमा स्मरण गराएको बताए । केसीले भने 'जानाजान संविधानका धेरैवटा धारा उहाँले उल्लंघन गर्नुभएको छ, उहाँले आफूलाई चोलेन्द्रशमशेर जबराको दर्जामा राख्नुभएको छ । उहाँले संविधानको पालना गर्न सक्नुभएन । सार्वभौम संसद्को अपमान गर्नुभयो । संसद् भएको भए महाभियोग प्रस्ताव दर्ता गर्ने अवस्था हो यो । उहाँमा पदमा बस्ने नैतिकता अब छैन । त्यसैले राजीनामा गर्नुपर्छ ।'
उनले परमादेशको माग गर्दै सर्वोच्चमा जानुपर्ने र सर्वोच्चबाट न्यायको माग गर्नुपर्ने अवस्था आएको बताए ।
