बजार अभाव
घरमै थन्कियो मुगुको स्याउ

घरमै थन्कियो मुगुको स्याउ


  • 5.9K
    SHARES
    • आश्विन ५, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 9.0K Views

    घरमै थन्कियो मुगुको स्याउ

    मुगु । मुगुको स्याउले बजार नपाउँदा किसानले घरकै शीतभण्डारणमा थुपारेर राख्न बाध्य भएका छन् । स्याउ किसान टक्कबहादुर शाही भने, ‘लगातारको अविरल वर्षाले सडक सञ्जाल अवरुद्ध भयो । सडक नखुलेपछि स्याउ भण्डारण गरिएर राखियो । अहिले स्याउले बजार नै पाएन । स्याउले बजार नपाउँदा कुहिन्छ कि भन्ने चिन्ता छ ।’ 

    images

    यस वर्ष स्याउको उत्पादन बढेसँगै यहाँका किसान निकै खुसी थिए । उनले भने, ‘छ वर्षदेखि स्याउ बेचेर घर खर्च धान्दै आएको छु, यसवर्ष स्याउ उत्पादन बढेको छ तर बजार पाउन समस्या परेको छ ।” स्थानीय सरकारले स्याउको बजारीकरणमा समन्वय गरिदिन उनले आग्रह समेत गरे । 

    -रासस

  • सम्बन्धित विषय:

  • # स्याउ
  • # स्याउ

  • तेस्रो आँखा
    लेखकबाट थप