नागरिकतामा जालझेल
नेपालीलाई शरणार्थी बनाउने शीतलनिवास ?

नेपालीलाई शरणार्थी बनाउने शीतलनिवास ?


  • 6.3K
    SHARES
    • आश्विन ५, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 9.7K Views

    नेपालीलाई शरणार्थी बनाउने शीतलनिवास ?

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्ने कि नगर्ने ? निष्कर्षमा पुग्ने मिति मंगलबार राति नै सकियो । संसद्‌का दुवै सदन, प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पास भएको उक्त विधेयक राष्ट्रपति कहाँ पुगेको थियो ।

    images

    मंगलबार राति १२ बजेसम्म उक्त विधेयक प्रमाणीकरण भएन । विधेयक प्रमाणीकरण नभएपछि राष्ट्रपतिविरुद्ध गठबन्धन दलदेखि केही अधिकारकर्मीहरुले अधिकार उल्लंघन गरेको टिप्पणी गरिरहेका छन् । 

    दोस्रोपटक संसदबाट पारित भएर २० भदौमा शीतलनिवास पुगेको विधेयक भण्डारीले होल्ड गरेर राखेकी थिइन् । संविधानको धारा ११३ को उपधारा ९४० मा राष्ट्रपतिले कुनै विधेयक सन्देशसहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनर्विचार गरी त्यस्तो विधेयक प्रस्तुतरुपमा वा संशोधनसहित पारित गरी  पुनःपेश गरेमा त्यसरी पेस भएको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने व्यवस्था छ । तर, प्रमाणीकरण गरिनन् । 

    यसरी संविधानअनुसार विधेयक दोस्रोपटक पनि प्रमाणिकरण हुन सकेन भने अर्कातर्फ प्रतिनिधिसभाको चालु अधिवेशन पनि समाप्त भइसकेकाले अब सो विधेयक के हुन्छ भन्ने विषयमा आमनागरिकको चासो बढेको छ । यसबीच नागरिकता नपाएर सडकमा भौतारिरहेकाको आवाज जस्ताकोतस्तै भिडियोमार्फत :

  • सम्बन्धित विषय:

  • # भिडियो

  • तेस्रो आँखा