चौबीस घण्टामा थपिए ८१ संक्रमित, १७५ जना डिस्चार्ज 

चौबीस घण्टामा थपिए ८१ संक्रमित, १७५ जना डिस्चार्ज 


  • 4.4K
    SHARES
    • आश्विन ५, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 6.8K Views

    चौबीस घण्टामा थपिए ८१ संक्रमित, १७५ जना डिस्चार्ज 

    काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर थप ८१ जनामा कोरोना भाइरस पुष्टि भएको छ । 

    images

    जम्मा तीन हजार ४४७ जनाको नमुना परीक्षण गर्दा ८१ जनामा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    एक हजार ९७ जनाको पिसिआर परीक्षण गर्दा ३९ जनामा र दुई हजार ३५० जनाको एन्टीजेन परीक्षण गर्दा ४२ जनामा कोरोना भाइरस पुष्टि भएको छ । 

    मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणको कारण कसैको मृत्यु भएको छैन । एक सय ७५  संक्रमित निको भएका छन् । नेपालमा हाल एक हजार ४८३ जना सक्रिय संक्रमित भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ ।