• ट्रेण्डिङ्ग :
जनतामारा सरकार 
डेंगु नियन्त्रणमा निरीह देउवा सरकार

डेंगु नियन्त्रणमा निरीह देउवा सरकार


प्रतिपक्षीले भन्यो- ‘जनतालाई तिमीहरु हिर्काउ हामी सेपौँला’

  • 6.2K
    SHARES
    • आश्विन ६, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 9.5K Views

    डेंगु नियन्त्रणमा निरीह देउवा सरकार

    प्रदेशगत तथ्यांक हेर्दा वाग्मती १४ हजार १५३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । प्रदेश १ मा ५७९, मधेसमा २९४, गण्डकीमा ४५०, लुम्बिनीमा २ हजार ६८३, कर्णालीमा २०८, सुदुर पश्चिममा ६५६ जनामा डेंगु पुष्टि भएको छ ।

    काठमाडौं । विपद् र महामारीसँग नेपाली जनता सधैँजसो जुध्नुपर्छ । लड्नुपर्छ । भिड्नुपर्छ । तीन वर्षसम्म विश्वलाई नै आक्रान्त पारेको कोरोना महामारीसँग जुध्नुपर्‍यो । धन र जनले पनि त्यति नै क्षति व्यहोर्नुपर्‍यो ।

    images

    जसबाट नागरिकले अहिले पनि छुट पाएका छैनन । थिलोथिलो भइ सास मात्र फेर्न पाएका हुन्  । यसका संक्रमित घट्दै गए पनि कोरोनाबाट मुक्ति पाइयो भन्ने स्थिती छैन । किनकि नयाँ भेरियन्ट आइरहने भएका कारण नागरिकलाई कतिबेला ! कुन भेरियन्ट देखापर्छ ? भन्ने यकिन गर्न सकिँदैन ।

    कोरोनाले दिएको सजाय भोगिरहेका नागरिकलाई यतिबेला डेंगुले सजाय दिन सुरु गरेको महिना बितिसकेको छ । स्थिती भयावह बन्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको विवरण अनुसार, देशका ७५ जिल्लामा डेंगु महामारी फैलिएको छ । साउनदेखि यता हालसम्म १९ हजारभन्दा बढीमा यसको संक्रमण पुष्टि भएको छ भने २४ जनाको मृत्यु भएको छ ।

    प्रदेशगत तथ्यांक हेर्दा वाग्मती १४ हजार १५३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । प्रदेश १ मा ५७९, मधेसमा २९४, गण्डकीमा ४५०, लुम्बिनीमा २ हजार ६८३, कर्णालीमा २०८, सुदुर पश्चिममा ६५६ जनामा डेंगु पुष्टि भएको छ । पछिल्लो स्वास्थ्य मन्त्रालयको तथ्यांक हेर्दा दैनिक २५ सयभन्दा बढी जना डेंगुबाट संक्रमित भएका छन्  । परिक्षण शुल्क महँगो र उपकरण अभावले तथ्यांकमा यो देखाएको हो ।  कि! अहिले पनि सुदुरजस्ता दुराहरुमा उपकरण पुगेको छैन । पर्याप्त परिक्षण भएको छैन ।

    यदि, हुने हो भने दैनिक १० हजारभन्दा बढीमा डेंगु पुष्टि हुने अवस्था छ । किनकि डेंगुका लक्षण भएका बिरामी बढिरहेका छन्  । जसले सिटामोल समेत नपाएको अवस्था छ ।  दैनिक २५ सयभन्दा बढी जनामा संक्रमण पुष्टि  छ । अस्पतालमा वेड नपाउने अवस्था आइसकेको छ ।

    नागरिक भयावह स्थितीमा गुज्रिरहेका छन्  । तर, सरकार भने कान नभएको जस्तै गरेको छ । आँखा नभएको जस्तै गरेको छ । यस्तो अवस्थामा पनि सरकारले रोकथाम तथा नियन्त्रणमा सशक्त रुपमा जोड नदिनु, बेवास्ता गर्नु भनेको नेपाली जनताको खुनपसिनामाथि फोहोरी खेल खेल्नु हो ।

    सरकार सशक्त रुपमा डेंगुको रोकथाम तथा नियन्त्रणमा गर्न लाग्नुको साटो जनतालाई भोट बैंक कसरी बनाउन सकिन्छ ? सत्ता कसरी प्राप्त गर्न सकिन्छ ? शक्ति कसरी प्राप्त गर्न सकिन्छ ? भन्ने म्युजिकल चेरमा घुमिरहेको छ ।

    सबैले बुझ्ने भाषामा भन्दा संघीय सरकार यतिबेला जनताको रगतपसिना चुसेर (आहारा) सिकारपछि टिल परेको जंगली जनावर जस्तै भएको छ । कि! सबै मिलेर नेपाली जनतालाई सिकार गरौँ, भागबन्डा मिलाएर खाऔँ ।

    यसरी जनताको खुनपसिनामाथि भागबन्डा र हिसाबकिताव गर्ने शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई नेपाली जनताले बेलाबेला चिन्ने गरेका छन् । आगामी दिनमा पनि चिन्ने नै छन् । डेंगुले भयावह अवस्था सिर्जना गर्दा पनि सरकार कुर्सी र सत्ताकै बार्गेनिङमा अल्झिरहेको छ । आफ्नो निरीहता कायम गरिरहेको छ ।

    नियन्त्रण ! नियन्त्रण ! नियन्त्रण आवश्यकता 

    केपी शर्मा ओली नेतृत्वको नेकपा सरकार ढलेपछि देउवा नेतृत्वको सरकार गठन भयो । ओलीलाई देउवादेखि प्रचण्डसम्म मिलेर बालुवाटारदेखि बालकोटसम्म पुर्‍याएका थिए ।

    त्यतिबेला कोरोना महामारीबाट जनता जीवन र मरणको दोसाँधमा थिए । अस्तालमा वेड नपाएर बाटोमै स्लाइन पानी चढाइरहेका थिए । औषधि अभाव, उपकरणको अभाव, परिक्षणको अभाव । अभावै अभाव थियो । यसैमा केन्द्रित रहेर प्रधानमन्त्री देउवाले संसद्मा ‘खोप खोप खोप’ भने ।

    अर्थात् सबै जनताले खोप पाउँछन् भन्ने उनको प्रतिबद्धता थियो । पछि आएर खोप पुग्यो पनि । त्यतिबेला, देउवाले प्रशंसा समेत पाए ।  इतिहासकै असफल भनेर चिनिएका देउवाले त्यतिबेला खोप पुर्‍याउने काम गरे । जसको क्रेडिट उनले नै पाए । तर, पछिल्लो समय डेंगुको भयावह अवस्था सिर्जना भएको छ । रोकथाम तथा नियन्त्रण गर्न सरकारले बेवास्ता गरिरहेको छ । निरीहता देखाइरहेको छ ।

    ‘जनतालाई तिमीहरु हिर्काउ हामी सेपौँला’ प्रतिपक्षी

    नेकपा एमालेका स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले बुधबार एक विज्ञप्ति जारी गरे । जुन, विज्ञप्तिमा डेंगु नियन्त्रणमा सरकारी संयन्त्र असफल भएको र सरकारलाई असफलको संज्ञा दिए । विज्ञप्ति तिमीहरु नेपाली जनतालाई हिर्काउ हामी सेपसाप गरौंला भने जस्तै भएको जस्तै थियो । कि डेंगुको अवस्था र संक्रमितको अवस्था यस्तो छ, सरकार असफल भन्ने मन्त्र पढेर एमालेको विज्ञप्ति स्वाहामा पुग्यो ।

    सरकारलाई सशक्त रुपमा सचेत गराएन । जुन काम प्रतिपक्षको थियो । सामान्य रुपमा डेंगुका संक्रमित यति छन्  । सरकारी संयन्त्र असफल र सरकार असफल भनेर विज्ञप्तिबाट विदा माग्नु प्रतिपक्ष दलको भूमिका थिएन ।  डेंगु महामारी नियन्त्रण गर्न आवश्यक कदम नचाल्ने निरीह सरकारका प्रधानमन्त्रीदेखि स्वास्थ्यमन्त्रीको राजीनामा माग्ने अधिकार नेपाली जनतालाई मात्रै नभइ एमालेलाई पनि छ ।

    डेंगु महामारीले ठूलो रुप लिँदै गएको छ । सरकारी संयन्त्र र सरकारले यसरी नै निरीहता कायम गरिरहे इतिहासमा अर्को जनतामारा सरकार कांग्रेस नेतृत्वको ‘शेरबहादुर–प्रचण्ड–माधव–उपेन्द्र’को नै हुनेछ ।