काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको चियापान कार्यक्रममा सभापति शेरबहादुर देउवा पुगेका छन् ।
दोस्रो चरणको निर्वाचन हुने भएपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले लैनचौरको एक पार्टी प्यालेसमा आयोजना गरेको चियापान कार्यक्रम देउवा पुगेका हुन् ।
दोस्रो चरणको निर्वाचन हुनेपछि नेताहरुको दौडधुप बढेको हो । सोही क्रममा सभापतिका अर्काे उम्मेदवार डा.शेखर कोइराला पनि पौडेलको चियापानमा पुगेका थिए । डा. कोइरालाले चियापानलाई सम्बोधन गर्दे भोट माग्न समेत भ्याए । भने देउवाले पनि आफूलाई सहयोग गर्न आग्रह गरे । देउवाको उपस्थितिपछि भने पौडेलका कार्यकर्ता आक्रोशित भएका थिए । आफ्नै कार्यक्रममा पौडेलले सम्बोधन गर्न समेत पाएनन् । अर्को तर्फ देउवालाइ जसरी भएपनि निर्वाचन जित्न चाहान्छन् । त्यसकै लागि उनकाे दाैडधुप बढेकाे हाे ।
उता, डा कोइरालाले सभापतिका अर्का प्रतिष्पर्धी प्रकाशमान सिंहसँग भेटवार्ता गरेका छन् । चाक्सीबारीस्थित सिंहको निवासमै पुगेर कोइरालाले सिंहसँग वार्ता गरेका हुन् । त्यसअघि सिंहलाई भेट्न प्रधानमन्त्री देउवाको दूत बनेर गृहमन्त्री बालकृष्ण खाँड पनि सिंह निवास पुगेका थिए । सिंहले भने दुवै जनालाई आफ्नो टीममा सल्लाह गरेर जवाफ दिने बताउएका थिए।
यस्तै सिंह र विमलेन्द्र निधिबीच पनि दोस्रो चरणमा कसलाई सघाउने भन्ने विषयमा टेलिफोनमा सल्लाह भएको छ ।
