जयनन्द लामाको स्मृतिमा कन्सर्ट हुँदै 

जयनन्द लामाको स्मृतिमा कन्सर्ट हुँदै 


  • 6.2K
    SHARES
    • आश्विन ७, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.6K Views

    जयनन्द लामाको स्मृतिमा कन्सर्ट हुँदै 

    भक्तपुर । चर्चित लोकगायक तथा कलाकार स्वर्गीय जयनन्द लामाको स्मृतिमा मध्यपुर बोइज ब्यान्डले कन्सर्ट गर्ने भएको छ । मध्यपुर थिमी नगरपालिका– ३ गठ्ठाघरमा असोज १० गते घटस्थापनाको दिन उक्त कन्सर्ट गर्ने भएको हो ।

    images

    आयोजक मध्येका एक सुनिल बज्राचार्यले पत्रकार सम्मेलनमार्फत कन्सर्टबारे जानकारी दिएका हुन् ।  उनका अनुसार, कन्सर्टमा गायक राजु लामा , छेवाङ लामा, रोज मोक्तान, ‘ब्रह्मास्त्र’ ब्यान्ड र साथमा स्थानीय कलाकारको प्रस्तुति रहनेछ ।

    घटस्थापनाको दिनमा हुने उक्त कन्सर्टमा मङ्गोलियन हार्टका प्रमुख गायक राजु लामाको सहयोग रहेको छ ।  स्वर्गिय कलाकार जयनन्दका छोरा यदुनन्द, टेकनन्द र मध्यपुर बोइज ब्यान्डको आयोजनामा कन्सर्ट हुने भएको हो । कन्सर्ट भब्य गर्ने तयारीमा आयोजक टिम छ  ।

    सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका– २ धार्पा घर भएका स्वर्गीय कलाकार जयनन्द लामाको ०७८ फागुन ११ गते भक्तपुरस्थित कौशलटारमा निधन भएको थियो ।


    रोजिना संजेल
    लेखकबाट थप