• ट्रेण्डिङ्ग :
लौरो चिन्हका सामग्री सञ्जालबाट हटाउन आयोगको निर्देशन 

लौरो चिन्हका सामग्री सञ्जालबाट हटाउन आयोगको निर्देशन 


  • 4.2K
    SHARES
    • आश्विन ७, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 6.5K Views

    लौरो चिन्हका सामग्री सञ्जालबाट हटाउन आयोगको निर्देशन 

    काठमाडौं । निर्वाचन आयोगले सामाजिक सञ्जालमा लौरो चिन्ह भनी राखिएका सामग्री तुरुन्त हटाउन निर्देशन दिएको छ ।

    images

    आयोगले शुक्रबार एक विज्ञप्ति जारी गर्दै हाम्रो पार्टी नेपाल नामक राजनीतिक दललाई प्रदान गरेको चुनाव चिन्ह स्वतन्त्रहरूको साझा तथा वैकल्पिक चिन्ह भनेर जनमानसमा भ्रम सिर्जना गर्ने काम भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताएको छ । 

    यस चिन्हको प्रयोग गरी निर्वाचनको स्वच्छ प्रतिस्पर्धाको सिन्द्धान्तविपरीत भ्रम सिर्जना गर्ने काम गरिएको भन्दै यस्तो आदेश दिएको हो । 

    दललाई प्रदान गरेको चुनाव चिन्ह स्वतन्त्र उमेदवारको निर्वाचन चिन्हको समूहमा नरहने र त्यस्ता उमेदवारहरूलाई प्रदान गर्न नसकिने आयोगले स्पष्ट पारेको छ ।  आयोगले यस विषयमा हाम्रो नेपाली पार्टीका अध्यक्ष अनन्तराज घिमिरेलाई स्पष्टीकरण पेस गर्न पनि आदेश दिएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप