'सिट बाँडफाँटमा १० प्रतिशत मात्रै समस्या छ '

'सिट बाँडफाँटमा १० प्रतिशत मात्रै समस्या छ '


  • 4.6K
    SHARES
    • आश्विन ८, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 7.0K Views

    'सिट बाँडफाँटमा १० प्रतिशत मात्रै समस्या छ '

    काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन दलहरुबीच सिट बाँडफाँटमा १० प्रतिशत मात्रै समस्या देखिएको बताएका छन् ।

    images

    शनिवार रौतहटमा आयोजित कार्यक्रममा सहभागी हुन गएका पूर्व प्रधानमन्त्री नेपालले सिमरा विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीमा दलहरुबीच सिट बाँडफाँटमा टुंगो लागिसकेको बताएका हुन् । 

    ‘१० देखि बढीमा २० प्रतिशत मात्रै टुंगो लगाउन बाँकी छ, त्यो पनि आज भोलिसम्म सहमति भइहाल्छ’  नेपालले भने । यस्तै उनले मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा आफूलाई सबैतिरबाट चाप, दवाव र तानातान भएकोले जस्ले बढी तान्न सक्छ सोही क्षेत्रबाट चुनाव लड्ने पूर्व प्रम नेपालले टिप्पणी गरेका छन् ।

    ‘रौतहटको क्षेत्र नं १, ४ र काठमाडौ क्षेत्र नं २ मध्ये एउटा क्षेत्रबाट उम्मेदवारी दिने विचार छ, तर अहिले नै टुंगो लागेको छैन्’ उनले भने  । 

  • सम्बन्धित विषय:

  • # माधवकुमार नेपाल

  • तेस्रो आँखा