काठमाडौं । पछिल्लो चौबीस घण्टामा ७४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४१ सय २६ नमुना परीक्षण गरिएकामा ७४ जनामा संक्रमण पुष्टि भएको हो
यस्तै मन्त्रालका अनुसार संक्रमणका कारण एकजनाले ज्यानसमेत गुमाएका छन् । हालसम्म कोरोना संक्रमणका कारण नेपालमा १२ हजार सातजनाले ज्यान गुमाइसकेका छन् । अहिले देशभरमा १२ सय ८३ जना संक्रिय संक्रमित छन् ।
