• ट्रेण्डिङ्ग :
नेपालमाथि अमेरिका र चीनको तानातान बढ्दैछ : बाबुराम भट्टराई

नेपालमाथि अमेरिका र चीनको तानातान बढ्दैछ : बाबुराम भट्टराई


  • 4.0K
    SHARES
    • आश्विन ८, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 6.1K Views

    नेपालमाथि अमेरिका र चीनको तानातान बढ्दैछ : बाबुराम भट्टराई

    काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमाथि अमेरिका र चीनको तानातान बढेको बताएका छन् ।  नेपाल समाजवादी पार्टीले चाडबाडको अवसर पारेर शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमाथि अमेरिका र चीनको तानातान बढेको बताएका हुन् ।

    images

    उनले भूराजनीतिक संकटका कारण देशमा संघीयता कमजोर पार्ने, अर्थतन्त्र कमजोर पार्ने र अराजकता निम्त्याउने प्रयास भइरहेको बताए ।

    ‘जुन भूराजनीतिक संकट चीन–अमेरिकाबीचको तानातान बढ्दैछ । यसले देशमा फेरि नयाँ ढंगले अराजकता ल्याउने र संघीयतालाई झनै कमजोर पार्ने, अर्थतन्त्रलाई झनै कमजोर बनाउने काम गर्दैछन्, ठूलो संकट आउँदैछ । त्यो संकटलाई थामेर देशलाई नयाँ दिशा दिलाउनको निम्ति हामीले अहिलेदेखि नै तयारी गर्न आवश्यक छ’ उनले भने ।

    अध्यक्ष भट्टराईले तत्कालीन केपी शर्मा ओलीको सरकारले संघीयताको सबलीकरण गर्नुको सट्टा कमजोर बनाउने प्रयास गरेको आरोप लगाए । उनले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर पूर्ण असंवैधानिक कदम चालेको आरोप लगाए ।

    ‘अस्ति भर्खर राष्ट्रपतिबाट चालिएको पूर्ण असंवैधानिक कदमदेखि लिएर हाम्रो न्यायालय भित्रका विकृति, विसंगतिको जुन खालको उद्घाटन भएको छ, र प्रायः सबै अंगहरु, राज्यका सबै अंगहरु बेथितिपूर्ण ढंगले अत्यन्त अराजक ढंगले जसरी चलिरहेका छन्’ भट्टराईले भने, ‘त्यसले हामीले यत्रो सिंगो पुस्ताले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र गम्भीर प्रकृतिको खतरामा छ ।’

    उनले राज्यका सबै अंगहरूमा बेथिति भित्रिएको भन्दै उनले बेथितिले संघीय लोकतान्त्रिक गणतन्त्र नै गम्भीर खतरामा परेको जिकिर गरे । अध्यक्ष भट्टराईले सबैले आग्रह, पूर्वाग्रह, स्वार्थलाई छोडेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई बचाउन आवश्यक रहेकामा जोड दिए ।

    उनले ‘बजारमा बनेको सामाजिक सञ्जालरूपी विषालु मादकपदार्थ’ले मानिसको चेतना र विचार नै दिग्भ्रमति पार्ने काम गरिरहेको जिकिर गरे । संकटकाल घोषणा गर्ने, टाउकोको मूल्य तोक्ने प्रतिग्रामी शक्तिले अहिले देशलाई अस्थिरतातर्फ लगेको उनको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # बाबुराम भट्टराई

  • तेस्रो आँखा