बसुन्धरामा ट्याक्सी दुर्घटना, एकजनाको मृत्यु

बसुन्धरामा ट्याक्सी दुर्घटना, एकजनाको मृत्यु


  • 7.5K
    SHARES
    • आश्विन ९, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 11.5K Views

    बसुन्धरामा ट्याक्सी दुर्घटना, एकजनाको मृत्यु

    काठमाडौं । काठमाडौंको बसुन्धरामा ट्याक्सीको ठक्करबाट एकजनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका ३, बसुन्धरामा बा.२ज ११९२ नम्बरको ट्याक्सीले बा.९१प ५४०३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा गोरखा बारपाक सुलिकोट गाउँपालिका ३ का ३१ वर्षीय राजु गुरुङको मृत्यु भएको हो ।

    images

    गएराति भएको घटनामा सख्त घाइते गुरुङको उपचारका क्रममा आज (आइतबार) बिहान त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    घटनामा मृत्यु भएका गुरुङ प्रहरी प्रभाग तिलिङ्गाटारमा प्रहरी कार्यालय सहयोगीका रुपमा कार्यरत थिए । घटनामा संलग्न ट्याक्सी चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

  • सम्बन्धित विषय:

  • # दुर्घटना

  • तेस्रो आँखा