प्रतिपक्षी एमालेको अबरोधका कारण संसद बैठक स्थगित/अर्काे बैठक पुष ६ गते बस्ने

प्रतिपक्षी एमालेको अबरोधका कारण संसद बैठक स्थगित/अर्काे बैठक पुष ६ गते बस्ने


  • 7.5K
    SHARES
    • मंसिर २८, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 11.6K Views

    प्रतिपक्षी एमालेको अबरोधका कारण संसद बैठक स्थगित/अर्काे बैठक पुष ६ गते बस्ने

    काठमाडौं, २८ मंसिर । संघीय संसदको आजदेखि सुरुभएको हिउँदेअधिवेश प्रभावित भएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अबरोधका कारण आजको संसद बैठक सुरुहुनासाथ स्थगित भएको हो ।

    images

    प्रमुख प्रतिपक्षीको अबरोधकालागि प्रभावित अघिवेशन आगामी पुष ६ गते दिउँसो १ बजे बस्ने  संसद सचिवालयले जनाएको छ । बैठक सुरुहुनु लगत्तै प्रतिपक्षी दलका सांसदहरु उभिएर नारा लगाएका थिए । सभामुख अग्निप्रसाद सापकोटाले पटक—पटक आग्रह गरे पनि एमाले सांसदहरूले नाराबाजी कायम    राखे ।

    एमाले अवरोधबाट पछि नहटेपछि अवरोधका बीच सभामुखले बैठकलाई अघि बढाएका  थिए । एमाले विरोधबीच पहिलो बैठकमा विभिन्न ६ अध्यादेश पेस भएका छन् ।

    संसदमा पेस भएका अध्यादेशहरुमा नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय)   (पहिलो संशोधन), तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ पेस भए ।

    त्यस्तै रेल्वे अध्यादेश, २०७८, यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८ पनि बैठकमा पेस भए ।

    प्रतिनिधिसभाको अध्यक्षता गर्ने सदस्यको मनोनयन गर्ने सम्बन्धी प्रस्तावलाई पनि सभामुखले अघि बढाए । विभाजित भएर गएको दल एकीकृत समाजवादी अवैधानिक भएको र त्यसमा सभामुख सापकोटा सहयोगी बनेको भन्दै एमालेले निरन्तर संसद अवरोध गरिरहेको छ । एमाले विभाजन भए यता चलेको संसदका सबै बैठक अवरोध गरेको छ । 

     

     

  • सम्बन्धित विषय:

  • # संसद बैठक

  • तेस्रो आँखा
    लेखकबाट थप