प्रचण्ड भन्छन्
व्यवस्था बदलियो, अवस्था बदलिएन

व्यवस्था बदलियो, अवस्था बदलिएन

  • 9.5K
    SHARES
    • आश्विन ९, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 14.6K Views

    व्यवस्था बदलियो, अवस्था बदलिएन

    नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यवस्था बदलिए पनि जनताको अवस्था बदलिन नसकेको बताएका छन् ।  माओवादी केन्द्र चितवनले आज आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनले सामाजिक न्याय र समानतालाई नयाँ उचाइमा पुर्‍याउन आवश्यक रहेको बताए । 

    images

    ‘निकै ठूलो त्याग र तपस्यापछि देशमा लोकतान्त्रिक गणतन्त्र आयो, व्यवस्था बदलियो तर जनताको अवस्था बदलिएन’ उनले भने, ‘घर आँगन बदल्ने, उज्यालो ल्याउने, सम्वृद्धि ल्याउने, विकासलाई गति दिने, सामाजिक न्याय र समानताको नयाँ उचाइ छुने हाम्रो प्रतिबद्धता छ ।’ देश सङ्घीय गणतन्त्रमा आइसकेको भन्दै उहाँले देशलाई अब विकास निर्माण र सम्वृद्धिको आवश्यकता रहेको बताए । 

    चितवनमा अहिले नमूना विकासको प्रयास गरिरहेको भन्दै उनले आउने दिनमा निकै ठूलो फड्कोका साथ विकास र सम्वृद्धिको नयाँ मोडल चितवनले प्रदर्शन गर्ने विश्वास व्यक्त गरे, ‘चितवनको विकासको मोडेल देशैभरि फैल्याउने गौरव तपाईंहरुलाई प्राप्त हुने छ ।’ ््

    चितवनमार्फत सिङ्गै देशको विकासलाई गति दिइने उनले बताए । आफूले यो राष्ट्रका सबै उत्पीडित जाति, क्षेत्र, लिङ्ग, समुदाय सबैलाई सम्वृद्धिको उचाइमा लाने सपना बोकेको उनको भनाइ थियो । 

  • सम्बन्धित विषय:

  • # प्रचण्ड

  • तेस्रो आँखा
    लेखकबाट थप