कांग्रेस १४ औं महाधिवेशन
सभापतिका लागि पुनः मतदान हुदै

सभापतिका लागि पुनः मतदान हुदै


  • 8.2K
    SHARES
    • मंसिर २८, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 12.6K Views

    सभापतिका लागि पुनः मतदान हुदै

    काठमाडौं, २८ मंसिर । नेपाली काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशन अन्तर्गत सभापति पदका लागि दोस्रो चरणको मतदान हुदैछ । मतदानकालागि सम्पुर्ण तयारी पुरा भएको निर्वाचन समितिले जनाएको छ ।

    images

    मतदान दिउँसो ३ः३० देखि ७ः३० बजे सम्म जारी रहने छ । काँग्रेस केन्द्रीय निर्वाचन समितिले एक विज्ञप्ति जारी गरी काँग्रेस सभापतिमा दोस्रो चरणको मतदान काठमाडौंको राष्ट्रिय सभागृहमा  मतदान हुने जनाएको थियो ।

    काँग्रेसको पार्टी विधान अनुसार पहिलो चरणमा कुनै पनि सभापतिका उम्मेदवारहरुले ५० प्रतिशतभन्दा बढी मत प्राप्त हुन नसक्दा सबैभन्दा बढी मत ल्याउने दुई जना प्रत्यासीबीच दोस्रो चरणको निर्वाचन हुने व्यवस्था छ ।

    जस अनुरुप शेरबहादुर देउवाले २२५८ र डा. शेखर कोइरालाले १७०२ मत प्राप्त गरेका थिए । दोस्रो चरणमा देउवा र कोइरालाबीच मतदान हुँदै । मतदान सम्पन्न भएसंगै आजै मतदान गणनासुरु हुने निर्वाचन समितिले जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # कांग्रेस

  • तेस्रो आँखा
    लेखकबाट थप