• ट्रेण्डिङ्ग :
प्रधानमन्त्रीलाई राष्ट्रपति कार्यालयले पठायो यस्तो पत्र 

प्रधानमन्त्रीलाई राष्ट्रपति कार्यालयले पठायो यस्तो पत्र 


सरकारलाई राष्ट्रपतिको कार्यालयले भन्यो- मन्त्रिपरिषद्का एजेन्डाहरु पहिल्यै जानकारी गराउनू

  • 6.9K
    SHARES
    • आश्विन ९, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 10.7K Views

    प्रधानमन्त्रीलाई राष्ट्रपति कार्यालयले पठायो यस्तो पत्र 

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का निर्णयबारे आफूलाई नियमित रुपमा जानकारी नगराइएको भनी असन्तुष्टि व्यक्त गरेकी छन् ।

    images

    राष्ट्रपति कार्यालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पत्र पठाएरै ‘मन्त्रिपरिषद् बैठकको निर्णयबारे नियमित रुपमा जानकारी नगराइएको’ मा असन्तुष्टि व्यक्त गरेको हो ।

    ‘प्रधानमन्त्री कार्यालयलाई पत्रचार गरेर बैठकका विषयमा जानकारी गराउन आग्रह गरिएको छ,’ स्रोतले भन्यो । संविधानको धारा ८१ लाई टेकेर राष्ट्रपति भण्डारीले क्याबिनेट बैठकका एजेन्डाहरु सुरुमै आफूलाई जानकारी गराउन आग्रहसहितको पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको स्रोतको दाबी छ । 

    संविधानको धारा ८१ उल्लेख गर्दै आफूलाई जानकारी गराउनुपर्ने विषय राष्ट्रपतिले पत्रमा उठाएकी हुन् । धारा ८१ मा प्रधानमन्त्रीले देहायका विषयहरुमा राष्ट्रपतिलाई जानकारी गराउनुपर्ने उल्लेख छ । 

  • सम्बन्धित विषय:

  • # राष्ट्रपति भण्डारी

  • तेस्रो आँखा