• ट्रेण्डिङ्ग :
के गर्दै छन् प्रचण्ड चितवनमा ?

के गर्दै छन् प्रचण्ड चितवनमा ?


  • 4.2K
    SHARES
    • आश्विन १०, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 6.4K Views

    के गर्दै छन् प्रचण्ड चितवनमा ?

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले चितवनमा छन् । चुनावी प्रचार र पार्टी कामका लागि उनी चितवन पुगेका हुन् । 

    images

    आफ्नो निर्वाचन क्षेत्र चितवन ३ का असन्तुष्ट नेता तथा कार्यकर्तालाई  अन्य पार्टीमा जानबाट रोक्न चितवन पुगेका प्रचण्डले त्यहा विविध राजनीतिक गतिविधि सञ्चालन गर्ने कार्यतालिका रहेको छ । प्रचण्ड पत्नी सीता दाहालसँगै चितवन पुगेका हुन् । 
     
    यसैबीच आज प्रचण्ड भरतपुर महानगरको १४ नम्बर वडामा बनेको आफ्नो नयाँ घरमा सर्दै छन् । यसअघि शिवनगरमा भाडामा घर लिएर बसेका प्रचण्ड आफ्नै घरमा सर्न लागेका हुन् । 

    शिवनगरकै नजिक बनेको नयाँ घरमा प्रचण्ड सर्न लागेका हुन् । उनी बिहान ११ बजे नयाँ घरमा सर्ने कार्यक्रम रहेको पारिवारिक स्रोतले पुष्टि जनाएको छ । 
     
     


    तेस्रो आँखा