कांग्रेस महाधिवेशन : दाेस्राे चरणकाे मतदानका लागि प्रतिनिधिकाे लाइन (फाेटाे फिचर)

कांग्रेस महाधिवेशन : दाेस्राे चरणकाे मतदानका लागि प्रतिनिधिकाे लाइन (फाेटाे फिचर)


  • 9.4K
    SHARES
    • मंसिर २८, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 14.4K Views

    कांग्रेस महाधिवेशन : दाेस्राे चरणकाे मतदानका लागि प्रतिनिधिकाे लाइन (फाेटाे फिचर)
    • तेस्रो आँखा डेस्क


    काठमाडौं, २८ मंसिर। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति पदमा दोस्रो चरणको मतदान सुरु भएकाे छ । मतदानका लागि कांग्रेस प्रतिनिधिहरु लाइन बसेका छन् ।

    images

    राष्ट्रियसभागृह बाहिर प्रदर्शनीमार्गमा कांग्रेस नेता कार्यकर्ताको ठूलो भीड लागेको छ । मतदाताको लाइनलाई सहज बनाउनका लागि महिला पुरुष तथा जेष्ठ नागरिकको लाइन छुट्टाछुट्टै लाइन बनाइएको छ । 

    265444957_635282567717248_4808930290866729524_n.jpg

    त्यस्तै, नेपाल ल क्याम्पस अगाडिबाट प्रहरीले महाधिवेशन प्रतिनिधिलाई मात्र भित्र प्रवेश दिएको छ । निर्वाचन समितिले दोस्रो चरणको मतदानका लागि साढे ३ देखि ७ बजेसम्मको समय तोकेको थियो । निर्वाचन समितिकाअनुसार सभापति पदमा मात्र मतदान हुने भएकाले छिटो हुनेछ । 

    पहिलो चरणको निर्वाचनमा सभापतिका कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि पुनस् मतदान हुन लागेको हो । दोस्रो चरणमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुँदैछ ।

    266206696_3159876684289923_1377140230020682217_n.jpg266154702_637819654073715_2154581051044545599_n.jpg

    266154376_1005855716993081_6351128423344461772_n.jpg

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • तेस्रो आँखा