• ट्रेण्डिङ्ग :
असोज १२ देखि निर्वाचन आचारसंहिता लागु गर्ने तयारी

असोज १२ देखि निर्वाचन आचारसंहिता लागु गर्ने तयारी


  • 3.3K
    SHARES
    • आश्विन १०, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 5.1K Views

    असोज १२ देखि निर्वाचन आचारसंहिता लागु गर्ने  तयारी

    काठमाडौं ।  निर्वाचन आयोगले यही असोज १२ गते बुधबारदेखि निर्वाचन आचारसंहिता लागु गर्ने तयारी गरेको छ । आचारसंहिता राजपत्रमा प्रकाशित भइसकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । 

    images

    आचारसंहिता लागु गर्न र पालना गर्न प्रधानमन्त्रीलगायत विभिन्न पार्टीका शीर्ष नेताहरूबाट आइतबार प्रतिवद्धता लिइएको उनको भनाइ छ । 

    आयोगले सबै राजनीतिक पार्टीको परामर्शमा आचारसंहिता निर्माण गरेको उनले बताए । यस्तै उनले आचारसंहितामा केही संशोधन गर्नुपर्ने देखिएमा आयोगले दलहरूसँग छलफल गरी सहजीकरण गर्न सकिने पनि बताए ।

    आइतबार आयोगले प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण र विभिन्न १२ पार्टीका शीर्ष नेताहरूसँग निर्वाचन आचारसंहिताबारे छलफल गरेको थियो ।
     
    नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन् । दलका शीर्ष नेताहरूले निर्वाचन आचारसंहिता व्यवहारिक बनाउन केही सुधार गर्दै जानुपर्नेमा जोड दिएका थिए।
     
    आचारसंहिता पालना गर्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, नेकपा माओवादी केन्द्रका सचिव लीलामणि पोखरेल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत आयोगमा पुगेका थिए । मंसिर ४ गते प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ ।

  • सम्बन्धित विषय:

  • # राजनीतिक

  • तेस्रो आँखा