• ट्रेण्डिङ्ग :
'प्रचण्डले मलाई सांसदबाट पदच्यूत गरे '

'प्रचण्डले मलाई सांसदबाट पदच्यूत गरे '


  • 3.3K
    SHARES
    • आश्विन १०, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 5.0K Views

    'प्रचण्डले मलाई सांसदबाट पदच्यूत गरे '

    काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेसको मतियार बनेको आरोप लगाएका छन् ।

    images

    पूर्वमन्त्री समेत रहेका साहले सामाजिक सन्जाल फेसबुक पेजमा आफ्नो संक्षिप्त कार्य प्रगति विवरण प्रस्तुत गर्ने क्रममा कांग्रेसी मतियार बनेका प्रचण्डले आफूलाई सांसद पदबाट च्यूत गरेको आरोप लगाएका हुन् ।  

    प्रचण्डले आफूलाई सासंद पदबाट च्यूत गरे पनि आफूले आफ्नो क्षेत्रमा धेरै महत्त्वपूर्ण नमुना कार्य गर्न सफल भएको उनले दाबी गरेका छन् ।  

    उनले लेखेका छन्, ‘नेपालको कम्युनिस्ट आन्दोलनको मर्म र यस क्षेत्रका सार्वभौम न्यायप्रेमी जनताको जनादेशविपरीत पथभ्रष्ट कांग्रेसी मतियार प्रचण्डले मलाई सांसद पदबाट पदच्यूत गरेको प्रतिकुलताका बाबजूद पनि आमजनताप्रतिको मेरो अविच्छिन्न एवं अविचलित कर्तव्यवोधलाई आत्मसात् गर्दै सदा झैं जनताको सद्भाव एवं सक्रिय साथ-सहयोग र मेरो अटुट-इच्छाशक्तिले गर्दा नै आज हामी यस क्षेत्रमा केही महत्त्वपूर्ण नमुनायोग्य कार्य गर्न सफल भएका छौं ।’

    उनले विगतका वर्षहरु झैं यस आर्थिक वर्षमा पनि मुख्यतः निर्वाचन क्षेत्र नम्बर ३ लगायत रौतहट जिल्लामा धेरै उदाहरणीय कार्य गरेको दाबी गर्दै कोरोनाको कहर एवं लकडाउनले थला परेको अर्थतन्त्र, बाढी-पहिरोलगायत प्राकृतिक विपत्ति र विकासविरोधी प्रतिक्रियावादीहरुको घेराबन्दीका बाबजुद पनि धेरै जनता र क्षेत्रको विकासका लागि योगदान दिएको स्मरण गरे ।


    तेस्रो आँखा