देउवाले गराए विवेकशील साझाकी नेतृ अनुपा श्रेष्ठलाई पार्टी प्रवेश

देउवाले गराए विवेकशील साझाकी नेतृ अनुपा श्रेष्ठलाई पार्टी प्रवेश


  • 9.1K
    SHARES
    • आश्विन १०, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 14.0K Views

    देउवाले गराए विवेकशील साझाकी नेतृ अनुपा श्रेष्ठलाई पार्टी प्रवेश

    काठमाडौं । विवेकशील साझा पार्टीकी नेतृ अनुपा श्रेष्ठ कांग्रेस प्रवेश गरेकी छन् । समाजिक अभियान्तासमेत रहेकी श्रेष्ठ सोमबार कांग्रेस प्रवेश गरेकी हुन् । उनलाई कांग्रेस सभापति शेरबहादुर देउवा र सांसद भीमसेनदास प्रधानले पार्टी प्रवेश गराएका हुन् । 

    images

     उनी ०७४ मा भएको चुनावमा पार्टीको तर्फबाट काठमाडौं क्षेत्र नम्बर ७ बाट लडेकी थिइन् । त्यतिबेला पाँच हजार ३७३ मत ल्याएर उनी तेस्रो स्थानमा थिइन् । लामो समय टेलिभिजन पत्रकारिता गरेकी श्रेष्ठ विवेकशील साझामा स्थापनाकालदेखि नै आवद्ध थिइन् ।

     इमेज टेलिभिजनमा लामो समय काम गरेकी उनी प्रेस युनियन इमेज च्यानल प्रतिष्ठानको अध्यक्षसमेत रहेर कार्यभार पूरा गरेकी थिइन् । पत्रकारिता विषयमा मास्टर गरेकी उनी अन्तर्राष्ट्रिय महिला संजाल नेपाल शाखाको अध्यक्ष हुन् ।

  • सम्बन्धित विषय:

  • # कांग्रेस

  • तेस्रो आँखा