अपराध
अनि युवतीको हातमा हतकडी लाग्यो !

अनि युवतीको हातमा हतकडी लाग्यो !


  • 16.4K
    SHARES
    • आश्विन १०, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 25.2K Views

    अनि युवतीको हातमा हतकडी लाग्यो !

    प्रहरीले ओखलढुंगाबाट शिक्षकको हत्या गरेको आरोपमा एक युवतीलाई पक्राउ गरेको छ । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–८ सल्लेरीकी २२ वर्षीया छलमाया धमलालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । प्रहरी नायब उपरीक्षक शुकदेव खनालका अनुसार धमलालाई विद्यालयमा पढाउँदै आएका ३३ वर्षीय शिक्षक दीपककुमार ठाकुरको हत्या गरेको आरोप छ ।सप्तरीको विष्णुपुर गाउँपालिका–५ घर भइ ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–४ लेखर्कमा बसी ठाकुरले कालिका आधारभूत विद्यालयमा पढाउँदै आएका थिए । गत शुक्रबार ठाकुर मृत भेटिएका थिए ।

    काठमाडौं । प्रहरीले ओखलढुंगाबाट शिक्षकको हत्या गरेको आरोपमा एक युवतीलाई पक्राउ गरेको छ । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–८ सल्लेरीकी २२ वर्षीया छलमाया धमलालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

    images

    प्रहरी नायब उपरीक्षक शुकदेव खनालका अनुसार धमलालाई विद्यालयमा पढाउँदै आएका ३३ वर्षीय शिक्षक दीपककुमार ठाकुरको हत्या गरेको आरोप छ ।सप्तरीको विष्णुपुर गाउँपालिका–५ घर भइ ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–४ लेखर्कमा बसी ठाकुरले कालिका आधारभूत विद्यालयमा पढाउँदै आएका थिए । गत शुक्रबार ठाकुर मृत भेटिएका थिए ।

    मृतकको हत्या गरेको आशंका भएपछि प्रहरीले अनुसन्धान अघि बढाएकोमा छलमायालाई पक्राउ गरेको प्रहरी उपरीक्षक खनालले बताए ।

    • फाइल फोटो

  • सम्बन्धित विषय:

  • # अपराध

  • तेस्रो आँखा
    लेखकबाट थप