• ट्रेण्डिङ्ग :
आजको मौसम
वाग्मती र प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षा

वाग्मती र प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षा


  • 6.0K
    SHARES
    • आश्विन ११, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 9.3K Views

    वाग्मती र प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षा

    काठमाडौं । हाल देशभर आंशिक देखि सामान्य बदली रही हाल देशभर आंशिक बदली रही मधेश प्रदेश, बागमती प्रदेश र प्रदेश १ का एक-दुई स्थानमा  हल्का वर्षा भइरहेको छ।

    images

    महाशाखाका अनुसार मंगलबार दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा  आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली  रहनेछ ।  प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
      
    यस्तै मंगलबार राती  प्रदेशभर आंशिक देखि सामान्य  बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ पनि महाशाखाले नियमित बुलेटिनमार्फत जनाएको छ ।  

    लगातारको वर्षबाट भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम, सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन र यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणमा महाशाखाले अनुरोध गरेको छ ।

  • सम्बन्धित विषय:

  • # मौसम

  • तेस्रो आँखा