• ट्रेण्डिङ्ग :
विद्यार्थीलाई स्वास्थ्य परीक्षणमा ५० प्रतिशत छुट

विद्यार्थीलाई स्वास्थ्य परीक्षणमा ५० प्रतिशत छुट


  • 5.5K
    SHARES
    • आश्विन ११, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 8.4K Views

    विद्यार्थीलाई स्वास्थ्य परीक्षणमा ५० प्रतिशत छुट

    काठमाडौं । विद्यार्थीले ओपीडी शुल्कमा ५० प्रतिशत र प्रयोगशाला परीक्षणमा १५ प्रतिशत छुट पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यार्थीलाई संघीय अस्पतालमा उपचार गर्न जाँदा ओपीडी शुल्कमा ५० प्रतिशत र प्रयोगशाला परीक्षणमा १५ प्रतिशत छुट दिने निर्णय गरेको हो । 

    images

    संघीय अस्पतालमा मात्र विद्यार्थीले ओपीडीमा ५० र प्याथोलोजीमा १५ प्रतिशत छुट पाउने निर्णय भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीका विज्ञ सल्लाहकार डा. रमेश ढकालले जानकारी दिए । उनले परीक्षण गर्न जाँदा विद्यार्थीले आफ्नो परिचयपत्र देखाए पुग्ने बताए ।  

    यसअघि विभिन्न विद्यार्थी संगठनले स्वास्थ्यमन्त्रीसमक्ष विद्यार्थीलाई अस्पतालमा छुट दिनुपर्ने भन्दै ज्ञापनपत्र बुझाएका थिए । 


    तेस्रो आँखा