कांग्रेसमा दोस्रो चरणको निर्वाचन : ३ हजार ८ सय मत खस्यो

कांग्रेसमा दोस्रो चरणको निर्वाचन : ३ हजार ८ सय मत खस्यो


  • 8.0K
    SHARES
    • मंसिर २८, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 12.3K Views

    कांग्रेसमा दोस्रो चरणको निर्वाचन : ३ हजार ८ सय मत खस्यो

    काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानमा ३ हजार ८ सय बढी मत खसेको छ । 

    images

    सोमबार भएको निर्वाचनमा सभापतिका कुनै पनि उम्मेदवारले आवश्यक ५० प्रतिशत भन्दा धेरै मत नपाएपछि आज पुन चुनाव भएको हो । 

    निर्वाचन समितिका अनुसार मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । 

    साढे तीन बजेबाट सुरु भएको मतदानका लागि साढे सात बजेसम्मको समय तोकिएको भए पनि त्यसलाई थपेर ९ बजेसम्म बनाइएको समितिले जनाएको छ । 

    निर्वाचनमा शेरबहादुर देउवा र शेखर कोइराला प्रतिस्पर्धामा रहेका छन् । 

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • तेस्रो आँखा