- तेस्रो आँखा डेस्क
काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानमा चार हजार एक सय बढी मत खसेको छ ।
निर्वाचन समितिका अनुसार मंगलबार राति चार हजार एक सय मत खसेको हाे । मतदान साढे नाै बजेसम्म जारी रहनेछ । मतपरिणाम ३,४ घण्टापछि आउने निर्वाचन समितिका एकराज पोखरेलले जानकारी दिए ।
सोमबार भएको निर्वाचनमा सभापतिका कुनै पनि उम्मेदवारले आवश्यक ५० प्रतिशत भन्दा धेरै मत नपाएपछि आज पुन चुनाव भएको हो ।
साढे तीन बजेबाट सुरु भएको मतदानका लागि साढे सात बजेसम्मको समय तोकिएको भए पनि त्यसलाई थपेर ९ बजेसम्म बनाइएको समितिले जनाएको छ ।
निर्वाचनमा शेरबहादुर देउवा र शेखर कोइराला प्रतिस्पर्धामा रहेका छन् ।
