• ट्रेण्डिङ्ग :
चुनावी भागबन्डा
गठबन्धनका शीर्ष नेताकाे बैठक बालुवाटारमा सुरू 

गठबन्धनका शीर्ष नेताकाे बैठक बालुवाटारमा सुरू 


  • 4.7K
    SHARES
    • आश्विन १२, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 7.3K Views

    गठबन्धनका  शीर्ष नेताकाे बैठक बालुवाटारमा सुरू 

    सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । निर्वाचनको समय नजिकिँदै जाँदा पाँच दलीय गठबन्धनलाई सिट बाँडफाँडमा अल्झिरहेको छ । त्यसका लागि गठबन्धनका शीर्ष नेताहरुको बैठक आज बिहान ८ बजेदेखि बालुवाटारमा सुरु भएको हो । शीर्ष नेताको बैठकले सिट बाँडफाँट टुंगो लगाउने जनाइएको छ । 

    काठमाडौं । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । निर्वाचनको समय नजिकिँदै जाँदा पाँच दलीय गठबन्धनलाई सिट बाँडफाँडमा अल्झिरहेको छ ।

    images

    त्यसका लागि गठबन्धनका शीर्ष नेताहरुको बैठक आज बिहान ८ बजेदेखि बालुवाटारमा सुरु भएको हो । शीर्ष नेताको बैठकले सिट बाँडफाँट टुंगो लगाउने जनाइएको छ ।

    मंगलवार बालुवाटारमा बसेको कार्यदलको बैठकले प्रदेशसभामा सिट बाँडफाँटको मापदण्ड बनाएको थियो । प्रदेशसभातर्फको ३३० सिट बाँडफाँटको प्रस्ताव तयार गरिएको जनता समाजवादी पार्टीका नेता मनिष सुमनले जानकारी दिए ।  

    उनका अनुसार ०७४ सालमा जितेको क्षेत्रमा सोही दलले लिने र त्यति बेलाको समानुपातिक सिटलाई आधार बनाउने सहमति भएको छ । आजको बैठकले प्रतिनिधिसभातर्फको सिटबाँडफाँटमा पनि सहमति गर्ने ठानिएको छ ।

  • सम्बन्धित विषय:

  • # चुनावी भागबन्डा

  • तेस्रो आँखा
    लेखकबाट थप