• ट्रेण्डिङ्ग :
दसैंमा सर्वोच्च ११ देखि ३ बजेसम्म खुल्ने

दसैंमा सर्वोच्च ११ देखि ३ बजेसम्म खुल्ने


  • 6.9K
    SHARES
    • आश्विन १२, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 10.7K Views

    दसैंमा सर्वोच्च ११ देखि ३ बजेसम्म खुल्ने

    काठमाडौं । सर्वोच्च अदालत दसैंको बिदामा पनि बिहान ११ देखि अपराह्न ३ बजे खुला रहनेछ ।

    images

    दसैंका अवसरमा घटस्थापनादेखि असोज २३ गते कोजाग्रत पूर्णिमाका दिनसम्म बन्दीप्रत्यक्षीकरण रिट हेर्न उक्त समय अदालत खुला हुने सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।

    न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने घटस्थापना, शनिबार र विजयादशमीका दिनबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ हुनेछ ।

  • सम्बन्धित विषय:

  • # सर्वोच्च अदालत

  • तेस्रो आँखा